पत्रकार महासंघ धनकुटाको ३३ औं स्थापना दिवसमा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

नारायण कुमार राई/धनकुटा,१३ पुष । नेपाल पत्रकार महासंघ धनकुटाले आफ्नो ३३ औ स्थापना दिवसको अवसरमा श्रीपन्चमी पार्कमा रहेका अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ ।

महासंघले मदन आश्रितद्वारा सन्चालित आश्रमका १३ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको हो । बिद्यार्थीहरुलाई महासंघका सस्थापक अध्यक्ष सन्जय सन्तोसी राई,अध्यक्ष बिदुर खवास,मदन आश्रितका सस्थापक अध्यक्ष गोपाल गुरागाई लगाएतले सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा महासंघका सस्थापक सदस्य तथा पुर्ब अध्यक्ष बिजय सन्तोसी राई,पुर्ब अध्यक्षहरु राजेस्वर बहादुर श्रेष्ठ,नगेन्द्र राई तथा सल्लाहाकार र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

बालबालिकाको अध्यापनमा सहयोग पुर्याउने उदेश्यले शैक्षिक सामाग्री बितरण गरिएको महासंघका अध्यक्ष खवासले जानकारी दिनुभयो ।

स्थापना दिवसका अबसरमा आज बेलुकी महासंघ को कार्यलयमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको महासंघले जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖