धनकुटाको चौबिसेका कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी मोरङको केराबारीबाट १६ वर्ष पछि पक्राउ

धनकुटा, पुस १४ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनागरको प्रादेशिक अनुसन्धान समूह (PIT) र जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई १६ वर्ष पछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका-३ का ६१ बर्षीय मेघ बहादुर तामाङ रहेका छन् ।

कर्तव्य ज्यान मुद्दामा धनकुटा जिल्ला अदालतको २०६६ साल जेष्ठ २३ गते को फैसला अनुसार १० वर्ष कैद रहि फरार भएका तामाङलाई खोजतलास गर्ने क्रममा मोरङको केराबारी गाउँपालिका-६ स्थितमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पुस १३ गते उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई कैद भुक्तानको लागि धनकुटा कारागार पठाईएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।