धनकुटाको सहिदभूमिमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला
धनकुटा,१४ पुष ।धनकुटाको सहिदभूमिमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
गत पुष १२ गते जिल्लाको सहिदभूमि गाउंपालिका १ कर्कले स्थित कालसिंह जंगलमा तत्काल नाम थर वतन नखुलेको अन्दाजी वर्ष ५०/५५ को हेर्दा तराई मुलको जस्तो देखिने पुरुषको शव सडी गली नचिनिने अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
जिप्रका धनकुटाबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थलमा गई शवको प्रारम्भिक अनुसन्धान पश्चात पोष्टमार्टम लगायतका थप अनुसन्धानको लागी जिल्ला अस्पताल धनकुटा पठाई थप अनुसन्धान भई रहेको डीएसपी कार्कीले बताए ।


