धनकुटाबाट फरार चार प्रतिवादीहरु पक्राउ

धनकुटा,१४ पुष । धनकुटाबाट विभिन्न मुद्दामा कैद तथा जरिवानाको सजाय तोकिएका फरार चार प्रतिवादीहरु विभिन्न स्थानहरुबाट पक्राउ परेका छन् ।

जिल्ला अदालत धनकुटाबाट कैद तथा जरिवानाको सजाय तोकिएका फरार रहेकालाई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरेको प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा –

१. मिती २०८२।९।१३ गते जिल्ला धनकुटा चौबिसे गापा ३ घर भई हाल जिल्ला मोरङ केराबारी गाँउपालिका वडा नम्बर ६ मा नाम तथा पहिचान परिवर्तन गरी लुकीछीपी बसोबास गरिरहेको अबस्थामा सम्मानित जिल्ला अदालत धनकुटाको मिति २०६६।०२।२३ गतेको फैसला बमोजिम कर्तव्य ज्यान मुद्धामा १० वर्ष कैद तोकी फरार रहेको फरार प्रतिवादी वर्ष ६२ को भिम बहादुर तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित अदालत समक्ष बुझाईएको ।

२. मिती २०८२।९।१३ गते जिल्ला धनकुटा छथर गा.पा ५ बस्ने सम्मानित जिल्ला अदालत धनकुटाबाट मिती २०८१।८।४ मा लागु औषध मुद्धामा ५५०० पाँच हजार पाँच सय जरिवाना तोकी फरार रहेका प्रतिवादी वर्ष ४१ को लक्षु शेर्पालाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित अदालत समक्ष बुझाईएको ।

३. मिती २०८२।९।१३ गते जिल्ला धनकुटा चौबिसे गाउँपालिका ४ बस्ने सम्मानित जिल्ला अदालत धनकुटाबाट मिती २०८१।८।१३ गतेको फैसला बमोजिम आदेश बिना ईजाजत वन पैदावार हानी नोक्सानी मुद्धामा २९३३३.३३ उनन्तिस हजार तिन सय तेत्तिस रुपैया ३३ पैसा जरिवाना तोकी फरार रहेका फरार प्रतिवादी वर्ष ५९ को नगेन्द्र बहादुर तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित धनकुटा जिल्ला अदालत समक्ष बुझाईएको ।

४. मिती २०८२।९।१४ गते जिल्ला धनकुटा धनकुटा न.पा ७ बसपार्कबाट जिल्ला धनकुटा धनकुटा न.पा ९ साँवारी बस्ने सम्मानित जिल्ला अदालत धनकुटाबट मिती २०८१।३।१४ गतेको फैसला बमोजिम ज्यान सम्बन्धी कसुर मुद्धामा ५ महिना ७ दिन कैद र ५००० (पाँच हजार) जरिवाना तोकिएका फरार प्रतिवादी वर्ष ४० को माईला भन्ने लोक बहादुर भण्डारीलाई पक्राउ गरी फैसला कार्न्वयनको लागी सम्मानित जिल्ला अदालत धनकुटा समक्ष बुझाईएको ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖