धनकुटामा छिमेकीलाई कुटपिट गरि मारेर फरार रहेका प्रतिवादी ६२ बर्षिय तामाङ पक्राउ
धनकुटा । धनकुटामा १० वर्ष कैद तोकी फरार रहेका एक प्रतिवादी मोरङको केराबारी गाउंपालिका ६ स्थित आफ्नै घरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउंपालिका ३ घर भई हाल मोरङको केराबारी गापा ६ मा बस्ने ६२ बर्षिय भिम बहादुर तामाङ रहेका छन् । निजले नाम परिवर्तन गरी मेघ बहादुर तामाङको नामबाट नागरिकता समेत बनाई लुकीछिपी रहेको अबस्थामा गत पुष १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
निज तामाङले २०५७ कार्तिक १२ गते जिल्लाको कुरुले तेनुपा गाबिस ८ हालको चौबिसे गापा ४ मा बस्ने वर्ष ५७ बर्षिय टंक प्रसाद पोखरेललाई मापसे गरी कुटपिट गरी तमोर नदीमा फ्याकी कर्तब्य गरी मारी भागी लामो समयदेखी फरार रहेका थिए ।
निजलाई जिल्ला अदालत धनकुटाद्वारा २०६६ जेठ २३ गतेको फैसला बमोजिम कर्तव्य ज्यान मुद्धामा १० वर्ष कैद तोकी फरार रहेका थिए ।
पक्राउ पछि फैसला कार्यान्वयनको लागी जिल्ला अदालत धनकुटामा बुझाईएको प्रहरीले जनाएको छ ।


