भेडेटारमा १३ औँ खाना महोत्सव सुरु
धनकुटा,१६ पुष । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारमा १३ औँ खाना महोत्सव आजबाट सुरु भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरेर महोत्सवको शुभारम्भ गरेका हुन् ।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजना गरिएको महोत्सवमा विभिन्न जातीय तथा अर्गानिक खानाका परिकारहरू प्रस्तुत गरिनेछन्। साथै खाद्यान्न, नगदे बाली तथा औद्योगिक बाली, फलफूल, तरकारी, आलु र स्थानीय कृषि उत्पादनका स्टलहरू राखिएका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
महोत्सव पुष १८ गतेसम्म सञ्चालन हुनेछ ।


