धनकुटाबाट प्रतिबन्धित गाँजा सहित एक जना पक्राउ
धनकुटा, पुस १७ गते ।धनकुटाबाट प्रतिबन्धित गाँजा सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतका मोजाहिद मिया रहेका छन् ।
इलाका प्रहरी कार्यलय भेडेटारले मियालाई ५ किलोग्राम २०० ग्राम गाँजा सहित पक्राउ गरेको हो भने १०४ किलोग्राम गाँजा बेवारिसे फेला पारेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


