धनकुटा हिलेको अलग्गै ब्राण्ड होटल मकालु भ्यु

जीवनप्रसाद राई,धनकुटा(हिले) । आमा बिष्णुमाया घिसिङ र बुवा लोकबहादुर घिसिङबाट जन्मिएका फुर्वा घिसिङ बिगत १६ बर्ष अघि देखि अथक प्रयासमा होटल मकालु भ्यु लाई जीवन्तता दिन लागिपरेका छन । २०६७ सालमा होटल मकालु भ्यु जम्मा ५ वटा कोठाबाट शुरु गरेका उनले १६ बर्षको अन्तरालमा ३० वटा कोठा भएको एउटा राम्रो होटलको रुपमा मकालुलाई देश बिदेशमा परिचित गराउन सफल हुनु भएको छ । यो होटलमा अहिले शैक्षिक भ्रमणमा आउने तथा मनोरन्जन प्रयोजनका लागि आउने पर्यटकहरुको रोजाईमा परेको छ  साथै उहाँको डेकोरेशन कलाले पनि थप पर्यटकहरु तान्न सफल हुनुभएको छ ।

यसका साथै समुहमा आउने केटाहरुका लागि आकर्षक लाग्ने कोठाहरुको बनावट अनि समुहमै आउने केटीहरुका लागि बनाईएका कोठाहरु हेर्दा सबैको मन लोभिन्छन । यसैगरि कपल तथा पारिवारिक रुपमा आउने पाहुनाहरुका लागि बनाईएका कोठाहरु छोडेर अन्यत्र जान मन गर्दैनन । मकालु होटल भ्युको अर्को बिशेषता हो अपंगमैत्री कोठाहरु । गएको २ साल देखि उहाँले अथक प्रयासमा निर्माण सम्पन्न गर्नुभएको अपंगमैत्री कोठाहरुका कारणले पनि होटल मकालु भ्यु धनकुटा हिलेका लागि बिशेष भएको छ । यो निर्माण नहुदा सम्म शारिरीक रुपमा अपंगहरु धरान वा बिराटनगर नै पुग्नुपर्ने अवस्थालाई मकालु होटलले सेवा दिन थालेको छ । मध्य पहाडि क्षेत्रको लागि यो मकालु भ्यु को मात्रै होईन सबैको लागि साझा सम्पत्ति हो भन्ने बिषय सबै ब्यवसायी तथा नीति निर्माताहरुले बुझ्न सके धनकुटालाई नै फाईदा हुनेछ ।

पहाडको महान सपना

फुर्वा घिसिङ मध्यपहाडी पर्यटन क्षेत्रका एक सपनाद्रष्ट्र ब्यक्ति हुन । धनकुटा जिल्लामा मानिसहरु पैसा कमाईसके पछि अक्सर तराईको धरान, ईटहरी, बिराटनगर वा झापा जान चाहन्छन । यसैगरि सक्नेहरु काठमाण्डौमा घर बनाउने र उतै बस्न रुचाउँछन । त्यहाँबाट पनि बिदेश यात्रा देखि बिदेशमा नै भिषा हानेर उतै लुक्न रुचाउँछन । भनाई नै पढेपछि हलो छोड्ने र कमाए पछि थलो छोड्ने तर यो फुर्वा घिसिङको सन्दर्भमा लागु हुदैन । बरु उनी प्रेरणाका स्रोत हुन उनी हिलेमै थप बडेमानको लगानी लगाउने सोचमा छन । अन्य मानिसहरुको चाहना भन्दा बिलकुलै फरक रुपमा उहाँले धनकुटाको हिलेमा लगानी बिस्तार गर्दै जानु सबैभन्दा महान सपना हो । यसले के देखाउँछ भने हिलेमा उहाँले देख्नु भएको संभावना बिशाल छ र हिलेलाई एउटा राम्रो गन्तब्यको रुपमा स्थापित गर्न खोज्नु अर्को महानता हो । उहाँले लगानी बिस्तार पनि त्यतिकै गर्नुभएको होईन यहाँको राष्ट्रिय र अन्तराष्ट्रिय संभावनाहरुलाई समेत अध्ययन समेत गरेर हो । तिनै अध्ययनको निचोड नै हिलेमा लगानी बढाउनु ।

उहाँको बिशेष अध्ययनमा धनकुटा, पाख्रीबास र हिलेमा मात्रै दैनिक रुपमा १ सय कोठामा पर्यटक बस्छन, १७०० वटा खाना बिक्ने गरेको छ । यसैगरि अन्य खानेकुराहरुमा समेत उहाँले अनौपचारिक रुपमा अध्ययन गरिरहनु भएको छ । कोठाबाट दैनिक रुपमा रु १ लाख ५० हजार र खानाबाट रु ५ लाख धनकुटाले आम्दानी गरिरहेको उहाँको अध्ययनले देखाएको छ । यसैगरि कोसेली, तोङबा र अन्य सामाग्रीहरुको अध्ययन गरिरहेको पनि बताउनु भयो । यो अध्ययनले नै होटल ब्यवसायीहरु कसरी अघि बढ्ने भन्ने सन्दर्भमा मार्ग प्रसस्त्र गर्ने उहाँको भनाई छ ।

उहाँको अर्को ज्यादै महत्वपुर्ण अध्ययन र अनुसन्धान हो हिलेमा तोङबालाई बिशेष महत्व दिने । तोङबालाई बिशेष पेय बस्तुको रुपमा स्थापित गर्ने । उहाँको अध्ययनले तोङबालाई प्रति गोटा रु.५ सय देखि रु. १५ सय सम्ममा बेच्न सकिने संभावना रहेको समेत बताउनु हुन्छ । लामो समय प्रिजरभेसनमा राखेको तोङबाको मुल्य राम्रो मुल्यमा बिव्रmी हुने उहाँको अध्ययनले बताएको हो । यस्तो तोङबा पारखीहरुले जीवनमा एकपटक जसरी पनि खाने बताउनु हुन्छ । हिले तोङबा खानाकै लागि प्रस्थान गर्ने स्थानको रुपमा बिकास हुन सक्ने उहाँको अनुभव रहेको छ । बिज्ञान तथा प्रबिधि एवं खाद्य प्रबिधिको बिकासका कारणले गर्दा यो असम्भब बिषय पनि होईन ।

होटल ब्यवसायका तितामिठा कुरा

होटलमा आफुले जतिसुकै राम्रो गर्दा गर्दै पनि जस नदिने र अधिक मादक पदार्थ सेवन गरेर ठुलो बन्न खोज्नेहरु देखि त्यतिनै बेला यो पेशा छोडौ झै लाग्ने उहाँको तितो अनुभव रहेको छ भने । सामान्य सेवा मात्रै गर्दा पनि अति खुशी भएर जाने पाहुनाहरु र जाने बेलामा तपाईहरुले हामीलाई सारै राम्रो माया गर्नुभयो, सेवा दिनुभयो भनेर हिड्ने पाहुनाहरुका कारणले गर्दा जीवनमा साच्चिकै गर्ब गर्न लाइकको काम र पेशा गरिएछ
भनेर छाति फुलाएर हिड्न मनलाग्छ उहाँको अनुभव रहेको छ । तर होटल ब्यवसाय एकदमै संयम अपनाउनुपर्ने ब्यवसाय हो । यसमा जति राम्रो संयम अपनाउन सकियो त्यतिनै मात्रामा ब्यापार बढाउन सकिने क्षेत्र पनि हो । उहाँ सगर्ब बताउनु हुन्छ ।

आगामी योजनाहरु

मैले जुन रुपमा लगानी गरेको छु र ठाँउहरुको बिस्तार गरेको छु । यो निकै सानो जस्तो लागेको छ । मेरो १६ बर्षे अनुभवमा बिशाल फैलावटमा रिसोर्ट खोल्ने ईच्छा छ । समयले साथ दिएमा म त्यो खोलेरै छोड्ने मेरो दृढ योजना रहेको बताउनु भयो । अहिले मानिसहरु बाल बच्चाहरु सहितको खेल्ने तथा बिशाल ठाँउमा मनोरन्जन लिने योजनाका साथ धेरै पाहुनाहरु आउने गर्दछन । यसलाई हामीले क्यास गर्न सकिरहेका छैनौ । हिलेले यसलाई क्यास गर्न सक्नुपर्दछ उहाँको दृढ विश्वास रहेको छ ।

फुर्वा घिसिङका महत्व राख्ने सुझाबहरु

हिले बनाउनका लागि सबै जात, धर्म, पार्टीहरु एक नभईकन संभव नहुने बताउनु हुन्छ । उहाँले श्रीअन्तुबाट आउनु भएका पाहुनाहरुको लामो अनुभव सुनाउदै भन्नु भयो । ठुलो समुहमा आउनु भएको पाहुनाहरुले मायाको चिनो प्रदान गर्दै हामीहरु यस समुहमा सबै पार्टी र जातिका छौ । तर कसैले पनि अन्तु मैले बनाएको हो भनेर घमण्ड गर्दैनौ । अन्तु बनाउने हाम्रो सबैको मिसन हो । अन्तु बनाउन सके हामी सबैको भबिष्य उज्ववल छ । यो बिषयले मलाई एकदमै प्रभाव पारेको छ । श्रीअन्तुका पाहुनाहरुले दिएको त्यो कथनले उहाँलाई भित्रै छोएको रहेछ । यस्तै सोचका धनी फुर्वा घिसिङलाई उहाँको धर्मपत्नि कमला घिसिङले मकालु होटल संचालनमा दह्रो साथ दिईरहनु भएको छ ।

उहाँको एउटै निचोड हो सरकारले ब्यवसायीलाई अनुदान होईन क्षमताका आधारमा सफ्ट लोनको ब्यवस्थापन गरेमा हामीले स्वादेशमै धेरै रोजगारी तथा मुलुकलाई बस्न योग्य बनाउन सकिनेछ । उहाँको दृढ विश्वास रहेको छ । उहाँको होटलले हाल ११ जनालाई नियमित रुपमा रोजगारी प्रदान गरिरहेको छ । उहाँको योजना तथा सपनाहरु सफल पार्न स्थानीय सरकारले समेत सक्दो मद्धत गरोस र हिलेको सपनालाई साकार बनाउन सफल रहुन भनी आम धनकुटेलीले हार्दिक शुभकामना ब्यक्त गरौ ।

 

(नोट : लेखक जीवनप्रसाद राई बिगत ३५ बर्ष देखि कृषि पर्यटन अभियानकर्ताको रुपमा काम गरिरहेका छन । कृषि पर्यटन अभियान लिएर देशको ७७ वटै जिल्ला पुग्ने उनी पहिलो नेपाली हुन । उनी कृषि पर्यटन र घरबास (होमस्टे) का ज्ञाता पनि हुन ।- सह सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।