धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,१८ पुष। धनकुटाका केही स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
बिहान १० बजेदेखि सांझ ५ बजे सम्म जिल्लाको महालक्ष्मी नगरपालिकाको ज्यामिरे,मेलाङचुङ, सालघारी,रामबाजार,माङमाया ,बरडाडा लगायतका स्थानहरुमा बिद्युत अवरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।
११ के .भि.जितपुर फिडर अन्तर्गत महालक्ष्मी न.पा. ५ रामबजार नजिक रहेको ११ के. भि. लाइनको आवश्यक लाइन, मर्मत संभार कार्य गर्नुपर्ने भएकोले उक्त स्थानहरुमा सेवा अवरुद्द हुने नेबिप्रा धनकुटाले जनाएको छ ।
उल्लेखित समय अगाडि नै काम सकिएमा अगाडीनै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ ।


