धनकुटाको भेडेटारमा आयोजित १३ औं संस्करणको फुड फेस्टिबल सम्पन्न

हिराराज राई,धनकुटा ।धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटार स्थित होटल एशोसिएसन भेडेटारको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको १३औँ भेडेटार फुड फेस्टिभल सफलतापूर्वक सम्पन्न भएको छ।

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर भेडेटारको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पौष १६ देखि १८ गतेसम्म फेस्टिभल आयोजना गरिएको हो। फेस्टिभल अवधिभर पर्यटकहरूका लागि स्थानीय तथा मौलिक खानाका परिकारको विशेष व्यवस्था गरिएको थियो भने हरेक साँझ आकर्षक सांगीतिक कार्यक्रममार्फत दर्शक तथा पर्यटकलाई भरपूर मनोरञ्जन प्रदान गरिएको थियो।

फेस्टिभलमा चर्चित राष्ट्रिय गायिका मेलिना राई, गायिका दिपा सुहाङ लिम्बू, द प्याराडाइज नेपाल ब्याण्ड, सुहाङ एण्ड द आमा–छोरा ब्याण्ड, गायक गौरव नारायण राई, सुरेश गुरुङ, लिलाराज लावती, राजु स्यङ्बोलगायत कलाकारहरूको प्रस्तुति रहेको थियो। साथै गरिमा डान्स सेन्टर धरान र स्थानीय कलाकारहरूले प्रस्तुत गरेको नृत्यले दर्शकलाई झुमाएको थियो।

सांगीतिक कार्यक्रमसँगै विभिन्न मनोरञ्जनात्मक गतिविधि, स्थानीय कृषि उत्पादन तथा स्वदेशी उत्पादनहरूको बिक्री तथा प्रदर्शनीले पनि पर्यटकको ध्यान आकर्षित गरेको थियो।

होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुको सभापतित्व र कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलद्वारा पौष १६ गते फेस्टिभलको उद्घाटन गरेका थिए। फेस्टिभलको समापन भने पौष १८ गते साँगुरीगढी गाउँपालिकाका प्रमुख जितेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

उद्घाटन समारोहमा साँगुरीगढीको पर्यटन प्रवर्द्धनमा पत्रकारितामार्फत योगदान पुर्‍याउने दुई जना पत्रकारलाई सम्मान गरिएको थियो। त्यसैगरी, समापन समारोहमा साँगुरीगढीको कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याउने कृषकहरूलाई छ प्रकारका कृषि बालीका आधारमा पुरस्कृत गरिएको आयोजकले जनाएको छ।

तीन दिनसम्म आयोजना गरिएको फुड फेस्टिभलले भेडेटारको पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजार विस्तार तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको आयोजकको दाबी छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।