झापाको बिर्तामोड स्थित एक घरको धानको परालमा आगलागी
झापा । झापाको बिर्तामोड नगरपालिका–९ स्थित गरामुनि बजारको पश्चिमतर्फ रहेको एक घरको धानको परालमा आगलागी भएको छ।
भर्खरै आगलागी भएको खबर पाएसँगै बिर्तामोड नगरपालिकाको दमकल घटनास्थलमा पुगेको छ भने आगो नियन्त्रणमा लिन स्थानीयवासीहरू पनि जुटेका छन्। आगलागी नियन्त्रणको प्रयास जारी रहेको जनाइएको छ।
आगलागीको कारण तथा क्षतिको विवरण भने हालसम्म खुल्न सकेको छैन।-आम संचारबाट


