मोरङको धनपालथानमा पानीमा डुबेर एक बालिकाको मृत्यु
मोरङ । मोरङको धनपालथान गाउँपालिका–०७ कदमाहामा हण्डीमा राखिएको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
स्थानीय रुपेश मण्डलकी करिब चार वर्षीया छोरी सोनु मण्डल शनिबार दिउँसो करिब २:४५ बजेको समयमा आफ्नै घर अगाडि खेल्ने क्रममा घरको आँगनमा रहेको हण्डीमा राखिएको पानीमा अचानक डुबिरहेको अवस्थामा फेला परेकी थिइन्।


