धनकुटाबाट राईको नाम उम्मेदवारका रूपमा एकल सिफारिस

धनकुटा,२० पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि नेकपा एमाले धनकुटाले राजेन्द्र राईको एकल नाम सिफारिस गरेको छ ।

एमाले धनकुटा जिल्ला कमिटीको आज बसेको बैठकले एमाले केन्द्रिय सदस्यसमेत रहेका राईको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । उम्मेद्वारका लागि एमालेका पूर्व केन्द्रिय सदस्य शकुन्तला बस्नेत र कोशी प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङले पनि आकांक्षा व्यक्त गरेका थिए ।

तर, जिल्ला कमिटीले नेता राईलाई नै उम्मेद्वारको रुपमा अघि सार्ने निर्णय गरेको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

पूर्वमन्त्रीसमेत रहेका राई यसअघि पनि दुई पटक धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।