मोरङमा किशोरी बलात्कार गर्ने वडा सचिव जेल चलान

मोरङ । मोरङको सुनवर्षी नगरपालिकामा कार्यरत वडा नम्बर २ का वडा सचिव ईश्वरराज रेग्मीलाई किशोरीलाई बलात्कार गरेको अभियोगमा अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।

अदालतको आदेशपछि रेग्मीलाई कारागार चलान गरिएको छ । सुनवर्षी नगरपालिका २ का वडा सचिव ३१ वर्षीय रेग्मीलाई जिल्ला अदालत मोरङले तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी थुनामा राख्ने आदेश दिएको हो ।

खोटाङको ऐँसेलु खर्क गाउँपालिका ७ स्थायी घर भएका रेग्मीलाई प्रहरीले मङ्सिर २१ गते पक्राउ गरेको थियो । उनीमाथि कक्षा १० मा अध्ययनरत १७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ।

प्रहरीका अनुसार मङ्सिर १४ गते राति रेग्मीले बालिकालाई आफ्नै कोठामा राखी बलात्कार गरेको भन्दै पीडित पक्षबाट जाहेरी परेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।