मोरङ र तेह्रथुमबाट लागू औषध सहित ३ जना पक्राउ
विराटनगर, पुस २१ गते । मोरङ र तेह्रथुम जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुस २० गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले मोरङको मिक्लाजुङ गाउँपालिका-६ का मिलन कार्कीलाई प्रतिबन्धित औषधी ट्रामाडोल-५० क्याप्सुल र स्पासपेन ५० ट्याब्लेट सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-१ का सन्दिप लिम्बु र धिरज गुरुङको साथबाट ५०० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


