झापा, मोरङ, सुनसरी र भोजपुरबाट प्रतिबन्धित औषधी, ब्राउन सुगर र गाँजा सहित ७ जना पक्राउ

विराटनगर, पुस २२ गते । झापा, मोरङ, सुनसरी र भोजपुर जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी, ब्राउन सुगर र गाँजा सहित ७ जना पक्राउ परेका छन् ।

झापाको इलाका प्रहरी कार्यालय दमकले पुस २१ गते चेकजाँचको क्रममा दमक-१ का सुरज कुमाल, कृष्ण बहादुर श्रेष्ठ र मोरङको मिक्लाजुङ-३ की मनिका राईलाई ६ ग्राम ७८० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाटको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट धरान उप-महानगरपालिका-५ का किसन घतानी र दर्लामी मगरको साथबाट ५ ग्राम २१ मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

यसैगरी सुनसरीको प्रहरी चौकी भरौलले रामधुनी-६ का सुनिल चौधरी र सुजन राईलाई प्रतिबन्धित औषधी ६२० क्याप्सुल र ५७० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

यसै गरी भोजपुरको अस्थाइ प्रहरी पोष्ट दुम्मानाले आमचोक-८ हतुवाली स्थितबाट बेवारिसे अवस्थामा ८ किलोग्राम गाँजा फेला पारेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।