नेकपा एमाले कोशी प्रदेशको संयोजकमा शेरधन राई

काठमाडौं, पुस २२ । नेकपा एमालेले प्रदेश तथा निर्वाचन संयोजक तोकेको छ।

आज सम्पन्न सचिवालय बैठकले प्रदेश र निर्वाचन कार्यको समन्वय गर्ने गरी विभिन्न नेताहरूलाई जिम्मेवारी तोकेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।

बैठकले गरेको जिम्मेवारी बाँडफाँडअनुसार कोशी प्रदेशको संयोजकमा शेरधन राई, मधेश प्रदेशको संयोजकमा लीलानाथ श्रेष्ठ तथा वाग्मती प्रदेशको संयोजकमा महेश बस्नेत तोकिनु भएको छ।

राजधानी क्षेत्रको जिम्मेवारी डा. राजन भट्टराईलाई दिइएको छ। यसैगरी लुम्बिनी प्रदेश इञ्चार्जमा पद्मा अर्याल, गण्डकी प्रदेशको संयोजकमा खगराज अधिकारी, कर्णाली प्रदेशको संयोजकमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशको संयोजकमा गणेश ठगुन्ना तोकिनु भएको छ।

संगठन विभागको संयोजकको जिम्मेवारी भने भानुभक्त ढकाललाई दिइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।