धनकुटाका इन्द्रमणि पराजुली कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त
धनकुटा । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा इन्द्रमणि पराजुली नियुक्त भएका छन् ।
मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुर्नगठन गर्दै पराजुलीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
नवनियुक्त मन्त्री पराजुली नेकपा(एमाले) का तर्फबाट धनकुटा क्षेत्र नं ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । एमाले–कांग्रेसको नयाँ सत्ता समीकरणअनुसार उनी सरकारमा सहभागी भएका हुन् ।
मुख्यमन्त्री कार्कीले मंगलबार १० जना नयाँ मन्त्री तथा राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुर्नगठन गरेका छन् । योसँगै कोशीको क्याबिनेट ११ सदस्यीय बनेको छ ।


