मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड पुस २५ गतेदेखि बन्द हुने

ताप्लेजुङ, पुस २३ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली सडकखण्ड बन्द हुने भएको छ । पुस २५ गतेदेखि २८ गतेसम्म ४ दिनसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो ।

मर्मत तथा पुनःनिर्माण गर्नुपर्ने भएकाले पूर्व तयारीको काम भइरहेका कारण सडकखण्ड बन्द हुने निर्माण कम्पनी हिमालयन कन्ट्रक्सन ताप्लेजुङले जानकारी दिएको छ । कम्पनीका अनुसार पुस २५ देखि २८ गतेसम्म बिहान ८ बजेदेखि दिउसो २ बजेसम्म राजमार्ग बन्द हुने भएको छ।

उक्त समयमा वैकल्पिक मार्गको प्रयोग गरी सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको छ । यस्तै, सडक डिभिजन कार्यालयल इलामले एक सूचना जारी गर्दै सडक निर्माणाधीन अवस्थामा उक्त क्षेत्रमा आफ्ना पशु चौपाया नछोडिदिन, मानिसहरू हिँडडुल तथा आवतजावत नगरीदिन र सावधानी अपनाइदिन समेत स्थानीयवासी तथा यात्रुहरूलाई अनुरोध गरेको छ ।

अनुरोधलाई बेवास्ता गरी क्षति हुन पुगेमा स्वयम् जिम्मेवार हुनुपर्ने समेत जारी सूचनामा उल्लेख गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖