अनौठो संयोग :ओखलढुंगामा तीन बाबु-छोरा एउटै कार्यालयमा
ओखलढुंगा । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकामा तीन जना बाबु–छोरा एउटै कार्यालयमा सेवा गरिरहेका छन्।
छोरा इश्वर पोखरेल र सन्तोष पोखरेल इन्जिनियर पदमा कार्यरत छन् भने उनका बुबा मित्रप्रसाद पोखरेल प्रशासनतर्फ सेवा गरिरहेका छन्।
ओखलढुंगा निवासी पोखरेल परिवारका छोरी र बुहारीसमेत निजामती सेवामा आबद्ध रहेका छन् । उनीहरु सबै जना लोकसेवा पास गरेर सरकारी सेवामा प्रवेश गरेका हुन ।
हाल भने तीन बाउ–छोराले एउटै कार्यालयमा बसेर सेवा गर्ने अवसर पाएका छन्, जुन निजामती सेवामा दुर्लभ मानिन्छ।


