एमालेले राष्ट्रिय सभा सदस्यमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पठाउने
काठमाडौ । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पठाउने भएको छ ।
बुधवार मनोनयन हुने लुम्बिनी प्रदेशको महिलातर्फ उनलाई पठाउने निश्चित भएको एमालेका एक नेताले जानकारी दिए ।
राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट महिला क्लष्टरमा उनलाई अघि सारिएको हो ।
झाँक्रीले गुल्मीको क्षेत्र नं २ बाट प्रत्यक्षमा निर्वाचन लड्न पाउनुपर्ने माग गर्दै आएकी थिइन् ।


