धनकुटामा दुई जना मृत फेला
धनकुटा,२३ पुष । धनकुटामा दुई जना मृत फेला परेका छन् ।
हिजो राती करिब ९ बजे जिल्लाको सहिदभूमि गाउंपालिका ७ फुर्केडाडा स्थित गैरिगाँउ बस्ने अन्दाजी ४४ बर्षिय पुर्णिमा मगर सानो गोरेटो बाटोबाट अन्दाजी १५ मिटर तल रहेको ठुलो बाटोमा झरी मृत अवस्थामा रहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
त्यसैगरि आज बिहान महालक्ष्मी नगरपालिका वडा नम्बर १ बस्ने अन्दाजी ४३ बर्षिय टंक बहादुर राय दमार स्थित भित्रि बाटोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिप्रका धनकुटाबाट प्रहरी टोली खटी गई दुवै लासको प्रारम्भिक अनुसन्धान पस्चात दुवै लास पोष्मार्टमको लागि जिल्ला अस्प्ताल धनकुटा तर्फ पठाईएको प्रहरीले जनाएको छ ।


