इलाका प्रहरी कार्यालय हेदाङ्ना संखुवासभाको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन

संखुवासभा, पुस २३ गते । संखुवासभाको मकालु गाउँपालिका-३ स्थितमा रहेको इलाका प्रहरी कार्यालय हेदाङ्ना संखुवासभाको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन भएको छ । पुस २३ गते आयोजित कार्यक्रमका विच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा भवन समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको हो ।

भवन समुद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख अतिथि घिमिरेले इलाका प्रहरी कार्यालय हेदाङ्नाको नव निर्मित भवनबाट नागरिकले प्राप्त गर्ने प्रहरी सेवा सहज रुपमा प्राप्त हुने, अपराध नियन्त्रण तथा अनुसन्धान कार्य थप प्रभावकारी हुने साथै समुदायसँगको सहकार्य र जनचेतना अभिवृद्धि कार्यक्रमलाई प्रभावकारी बनाईने तथा प्रहरीको दैनिकी समेत सहजरुपमा सम्पादन हुने उपस्थित सम्पुर्णमा विश्वास दिलाउनु भयो ।

साथै वहाँले हिमाली तथा पहाडी भू-भाग र दुर्गम बस्ती भएको यस क्षेत्रमा शान्ति सुरक्षा प्रदान गरी सुरक्षित समाज निर्माण गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहेको बताउदै इलाका प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई कर्तव्यनिष्ठ, अनुशासित, इमानदार र सेवाभावका साथ नागरिकको मनोभावनालाई उच्च सम्मान गर्दै प्रहरी सेवामा प्रदान गर्न निर्देशन दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक घिमिरेले भवन निर्माण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सहयोग गर्नुहुने महानुभावहरुलाई हार्दिक आभार व्यक्त गर्दै नि:शुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गा दाता गौरीमाया पराजुली, रन्जित पराजुली र श्री बहादुर राईलाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो भने भवन निर्माण कार्यमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो ।

समुद्‍घाटन कार्यक्रममा संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पा, भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटे, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली, जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुखहुरु, संचारकर्मी, स्थानिय बासी लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

१६ कोठा भएको अढाई तले उक्त भवन ३ करोड २० लाख ८६ हजार ३ सय ५७ रुपैयाको लगतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा निर्माण कार्य सम्पन्न भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।