राष्ट्रियसभा सदस्यमा सुनिल थापा निर्विरोध निर्वाचित
धनकुटा । राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् ।
अन्य दलबाट उम्मेदवारी नपरेपछि उनी निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने पुस २७ गते गरिनेछ ।


