ऊर्जामन्त्री कुलमान घिसिङले आजै राजीनामा दिने
काठमाडौ । ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन्। उनले आज राति ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो राजीनामाको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्।
घिसिङको सचिवालयका अनुसार राजीनामा दिने निर्णय निश्चित भइसकेपछि त्यसबारे सार्वजनिक जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो। पत्रकार सम्मेलनमार्फत उनले पदत्यागको कारण र आगामी कदमबारे पनि स्पष्ट पार्ने सम्भावना रहेको बताइएको छ।
ऊर्जामन्त्रीको राजीनामाको तयारीसँगै राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चा सुरु भएको छ। ऊर्जा क्षेत्रका महत्त्वपूर्ण सुधार र निर्णयसँग जोडिएका घिसिङको यो कदमले सरकार र ऊर्जा नीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा चासो बढेको छ।


