अपडेट : काठमाडौंको शंखरापुर फेदी जंगलमा बस दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौ । काठमाडौंको शंखरापुर नगरपालिका फेदी जंगलमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
जर्सिङपौवाबाट पिकनिक गएर साँखुतर्फ फर्किने क्रममा बुधबार महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार, बस सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।


