खांदबारीमा ट्र्याक्टर दुर्घटना
खाँदबारी । खाँदबारी नगरपालिका–७ स्थित लभिङहिलमा ट्र्याक्टर दुर्घटना भएको छ।
सडकमा गुडिरहेको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको स्थानीयले बताएका छन्।
दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको र ट्र्याक्टरमा भने आंशिक क्षति पुगेको जनाइएको छ।


