खुल्यो १ लाख ३३ हजार बढी म्यादी प्रहरीको भर्ती, यस्ता छन् सेवा सुविधा

काठमाडौं, पुस २४ । निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुला गरेको छ। मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा)ले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो।

इच्छुक नेपाली नागरिकले माघ ५ गतेदेखि माघ ९ गतेसम्म दरखास्त दिन सक्नेछन्। दरखास्त जिल्ला प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) तथा जिल्ला प्रहरी कार्यालयहरू मार्फत बुझाउन सकिनेछ।

भर्नाका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ, नैतिक आचरण कायम भएको हुनुपर्ने छ। त्यस्तै साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोग नलागेको, अदालतले सजाए नसुनाएको लगायतका आवश्यक योग्यता तोकिएका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।