सुनकोशी नदी कुनाहीमा पक्की पुल बन्ने चरणमा

उदयपुर । उदयपुर र खोटाङवासीका लागि बहुप्रतीक्षित खुसीको खबर आएको छ। तराईदेखि उदयपुरको लिम्चुङबुङ हुँदै हलेसी जोड्ने सबैभन्दा छोटो सडक खण्डअन्तर्गत पर्ने सुनकोशी नदीको कुनाही क्षेत्रमा निर्माण हुने पक्की पुलको डिजाईन स्वीकृत भई पुल निर्माणको चरणमा प्रवेश गरेको छ।

लामो समयदेखिको निरन्तर पहल, धैर्य र प्रक्रियागत संघर्षपछि यो उपलब्धि हासिल भएको हो। मन्त्रालय धाउने, कागजी प्रक्रिया पूरा गर्ने र सम्बन्धित निकायसँग समन्वय गर्ने काम कहिल्यै नछाडिएको बताउँदै स्थानीय अगुवाहरूले यसलाई ‘लामो तपस्यापछिको उपलब्धि’का रूपमा व्याख्या गरेका छन्।

सरकारी प्रक्रिया जटिल र ढिलो हुने भए पनि सबै पहाड र जंघार छिचोलेर आज अन्ततः लक्ष्य नजिक पुगेको भन्दै स्थानीयवासीले सन्तोष व्यक्त गरेका छन्। पुल निर्माण सम्पन्न भएपछि तराई–उदयपुर–खोटाङ क्षेत्रको आवागमन सहज हुनुका साथै आर्थिक, सामाजिक र पर्यटन विकासमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।