विराटनगरको होटलमा छापा, १६ वर्षीया किशोरीलाई भारतीयसँग अनैतिक क्रियाकलाप गर्न बाध्य पार्ने दुई पक्राउ
विराटनगर । विराटनगरको एक होटलमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
१६ वर्षीया किशोरीलाई अनैतिक धन्दामा लगाएको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएकाहरुमा होटलका सञ्चालक विराटनगर १२ का ३३ बर्षिय पर्शुराम कामत र विराटनगर ८ का २६ वर्षीय मनिष ठाकुर रहेका छन्।
उनीहरुले १६ वर्षीया किशोरीलाई भारतीय नागरिकहरुसँग अनैतिक क्रियाकलाप गर्न बाध्य पार्ने गरेका थिए।


