लेटाङमा तामाङ जातिको परम्परागत बाजा बजाउने तालिम सुरु

लेटाङ, २४ पुस । लेटाङ नगरपालिकाको आयोजनामा आदिवासी जनजातिहरूको सीपमूलक कार्यक्रम अन्तर्गत तामाङ जातिको परम्परागत बाजा बजाउने तालिम सुरु गरिएको छ।

पौष २३ गते बुधबारदेखि सुरु भएको ७ दिने तालिममा तामाङ समुदायका २० जना प्रशिक्षार्थी सहभागी भएका छन् ।

उनीहरूलाई तामाङ समुदायको परम्परागत बाजा टुङ्ना र डम्फु बजाउने व्यवहारिक प्रशिक्षण प्रशिक्षक पदम लामाले दिइरहनु भएको छ।
तामाङ जातिको तालिम सम्पन्न भएपछि ७ दिन नै नेवार जातिको परम्परागत बाजा बजाउने तालिम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

तालिमको उद्घाटन लेटाङ नगरपालिकाकी शाखा अधिकृत सुष्मा कोइरालाले गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले आदिवासी जनजातिको मौलिक संस्कृति संरक्षण र सीप विकासमा यस्ता सीपमूलक तालिमको महत्व रहेको बताउनुभयो।

स्थानीय स्तरमै आयोजना गरिएको यस तालिमले आदिवासी जनजातिको परम्परागत बाजा संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।-लेटांग खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।