उदयपुरको बेलकामा हात्तीको आक्रमणबाट एक महिला घाइते
उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा नं. २ अन्तर्गत रामनगर, गिदेरी र शान्तिनगर टोलमा मध्यराति करिब २५/३० वटा हात्तीको बथान पसेर ठूलो धनजन क्षति पुर्याएको छ।
हात्तीको आक्रमणबाट घरमा भण्डारण गरेर राखिएको खाद्यान्न नष्ट हुनुका साथै केही घरसमेत भत्काएका छन्।
घटनामा ७७ वर्षीया फुलमाया तामाङ घाइते भएकी छन्। उनलाई तत्काल उपचारका लागि बेलका नगर अस्पतालमा भर्ना गरिएको छ।


