मोरङको सुन्दरहरैचामा दुर्घटना, बेलबारीका शिक्षक कोईरालाको निधन

बेलबारी, २५ पुस । मोरङको सुन्दरहरैचा–८ सलकपुर बजार नजिक बसको लापरबाहीका कारण भएको दुर्घटनामा बेलबारीका शिक्षक कमल कोइरालाको निधन भएको छ।

बिहीबार साँझ पूर्व–पश्चिम दिशातर्फ गइरहेको बस र मोटरसाइकल चिप्लो सडकमा ठोक्किँदा गम्भीर घाइते भएका कोइरालाको उपचारका क्रममा कोशी अञ्चल अस्पतालमा मृत्यु भएको हो।

करिब ५० वर्षका कोइराला कसेनी माध्यमिक विद्यालय, बेलबारी–४ काकुमका शिक्षक थिए र हाल इटहरी–८ मा बसोबास गर्दै आएका थिए।

लगातार बढ्दै गएको बसको लापरबाहीले यस्ता दुर्घटना दोहोरिन थालेको स्थानीयको गुनासो छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।