लेटाङमा प्याब्सन स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

लेटाङ । ३५ औँ प्याब्सन स्थापना दिवस (Pabson Day 2082) को अवसरमा प्याव्सन लेटाङले जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) नगर कार्यसमिति लेटाङ (मोरङ) को आयोजनामा लेटाङ ३ स्थित ग्यालेक्सी एकेडेमीमा स्थापना दिवस विशेष कार्यक्रम गरि श़ैक्षिक सामाग्री वितरण गरिएको हो ।

उक्त अवसरमा लेटाङ क्षेत्रका १४ वटा विद्यालयबाट प्रत्येक विद्यालयका २/२ जना गरी जम्मा २८ जना जेहेन्दार विद्यार्थीहरूलाई कापी लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।

लेटाङ प्याब्सनका अध्यक्ष भोलानाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन लेटाङका पदाधिकारीहरु, कार्य समिति सदस्यहरु, सल्लाहकारहरु,निजी विद्यालयका प्रतिनिधि, अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले लेटाङ प्याब्सनले शिक्षा क्षेत्रको गुणस्तर सुधार, विद्यार्थी हित, शैक्षिक सहकार्य तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सञ्चालन गर्दै आएका गतिविधिबारे जानकारी गराउनुभयो।

उहाँले यस कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।