सङ्खुवासभाको पाँचखपनमा श्रम संस्कृति पार्टीको नगर समिति गठन

संखुवासभा । सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिकामा श्रम संस्कृति पार्टीको २१ सदस्यीय नगर समिति गठन गरिएको छ । पार्टीको संगठन विस्तार अभियानअन्तर्गत आयोजित भेलाबाट नयाँ नगर समिति चयन गरिएको हो ।

नवगठित नगर समितिको अध्यक्षमा सुबास सावा लिम्बू चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा ङिमा सेर्की शेर्पा, सचिवमा सरोज राई तथा कोषाध्यक्षमा मिना कुमारी तामाङ चयन हुनुभएको छ ।

भेलामा वक्ताहरूले श्रम संस्कृति पार्टीले श्रमिक, किसान र आम नागरिकका हकहितका लागि काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा नगरस्तरमा संगठन सुदृढ गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पार्टीले पाँचखपन नगरपालिकामा संगठन मजबुत बनाउँदै राजनीतिक चेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।