लामिछाने निवासमै पुगे घिसिङ, पदीय जिम्मेवारीबारे कुराकानी

काठमाडौं, २५ पुस । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । आज (शुक्रबार) घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् । घिसिङ लामिछानेलाई भेट्न निवासमै पुगेका थिए । घिसिङ र लामिछानेबीच करिब २ घण्टा ‘वान टू वान’ वार्ता भएको बताइएको छ ।

वार्ताका क्रममा घिसिङले एकता प्रक्रियाबारे आफ्नो धारणा राखेको बताइएको छ । घिसिङले एकता प्रक्रिया सम्मानजनक नभएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् । उज्यालो नेपाल पार्टीलाई रास्वपामा विलय गराएका उनलाई उपसभापति बनाउने सहमति भएको छ । तर, घिसिङ अझैंसम्म रास्वपाको कुनै पनि कार्यक्रममा देखा परेका छैनन् ।

दलीय राजनीतिमा लागेर नागरिक सरकारका बसेको भनेर चर्का आलोचना र विरोध भएपछि घिसिङले मन्त्री पदबाट राजीनामा दिएका थिए । सभापति लामिछानेसँगको भेटमा घिसिङले एकता प्रक्रिया चाँडै टुङ्ग्याउन र उपसभापतिको जिम्मेवारी दिन दवाब दिएको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।