खेलकुद मन्त्री गुप्ताको अमेरिका भ्रमण स्थगित
काठमाडौं, २५ पुस । विवाद र आलोचना भएपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण स्थगित भएको छ ।
भिसालगायतका प्रक्रियाका लागि समयलाग्ने भएपछि भ्रमण कार्यक्रम स्थगित गरिएको मन्त्री गुप्ताको सचिवालयले जनाएको छ ।


