विराटनगरबाट श्रोत नखुलेको नगद सहित एक जना पक्राउ

विराटनगर । विराटनगरबाट श्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्य अररिया जिल्ला फारबिसगन्ज बस्ने बर्ष ५५ को नन्दलाल बाहेती रहेका छन् ।

आज दिउंसो विराटनगर १७ मटेरुवा स्थित सडकमा अस्थायी प्रहरी पोष्ट, मटेरुवाबाट खटिएको प्रहरी टोलीले जोगबनीबाट विराटनगरतर्फ आउदै गरेको BR 38AA8306 नं. को स्कुटरलाई रोकी चेकजाँच गर्दा स्कुटर चालक बाहेतीले शरिरभित्र विभिन्न भागमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली नगद रु. १००० दरको ३०० थान, रु. ५०० दरको ४ थान, रु. १०० दरको ११ थान गरी जम्मा नेपाली रु. ३,०३,१००/- (तीन लाख तिन हजार एक सय ) रकम फेला पारेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

बाहेतीलाई रकम र स्कुटी सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, रानीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।