उदयपुरका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि कसरी पुगे दिल्ली,यस्तो अवस्थामा फेला

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ ।

एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेले जानकारी दिए ।

वैदेशिक रोजगारीका लागि दुबई हिँडे पनि सम्पर्कमा नआएका उनी म्यानपावरमा सोधीखोजी गर्दा स्वास्थ्यमा समस्या आएकाले दिल्ली ट्रान्जिट गरी अस्पतालमा छाडेको एयरलाइन्सले जानकारी दिएको थियो । तर अस्पतालमा खोजी गर्दा फेला नपरेको पारिवारिक स्रोतले जनाएको थियो ।

दर्नालको आर्थिक अवस्था कमजोर रहेकाले वडाध्यक्ष प्रेम मगरले वडाबाट निःशुल्क उपचारका लागि आवश्यक प्रक्रिया पूरा गरी नगरमा सिफारिस गरेर पठाइसकेको बताए ।

‘बेपत्ता भएपछि खोजीका लागि पहल गर्दा पनि भेटिएको थिएन’, वडाध्यक्ष मगरले भने, ‘सामाजिक सञ्जालमै दिल्लीमा अलपत्र परेको सार्वजनिक भएपछि उनलाई उद्धार गरेर ल्याएर उपचार भइरहेको छ ।’

बेवारिसे अवस्थामा भेटिएका दर्नालको खुट्टाको औँलासमेत काटिइसकेको अवस्थामा फेला परेको जनाइएको छ । वैदेशिक रोजगारीका लागि दुबई उडेका दर्नाल भारत ट्रान्जिट हुँदा छुटे वा कसरी दिल्लीमा अलपत्र परे भन्ने बारे अझै खुल्न नसकेको पनि वडाध्यक्ष मगरले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।