रास्वपाबाट बाहिरिने तयारीमा कुलमान
काठमाडौ । एकता सम्झौता भएको दुई साता नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङबीचको सम्बन्ध लगभग टुट्ने अवस्थामा पुगेको छ। अन्तिम प्रयासस्वरूप रवि लामिछानेसँग भएको छलफलसमेत निष्कर्षविहीन भएपछि कुलमान रास्वपाबाट बाहिरिने तयारीमा पुगेका छन्।
रास्वपासँग साझा मार्ग नदेखिएको निष्कर्ष निकाल्दै उनले आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ अगाडि बढाउने निर्णय गरेका छन्।
अब कुलमान प्रत्यक्ष निर्वाचन उज्यालोबाट लड्ने र समानुपातिकका लागि अर्कै दलसँग सहकार्य गर्ने रणनीतिमा छन्।
रास्वपासँगको एकता जोगिन ‘ठूलो राजनीतिक सम्झौता’ आवश्यक पर्ने भए पनि त्यसको सम्भावना न्यून देखिएको उनी निकट नेताहरूको भनाइ छ।


