खांदबारीमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा कविता वाचन प्रतियोगिता सम्पन्न

खाँदबारी । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा खाँदबारीमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । श्री इन्द्र दल गुल्मको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका १७ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा कुनिना माध्यमिक विद्यालयकी ज्योति गुरुङ प्रथम भइन्। उनले नगद रु. ५,००० सहित प्रमाणपत्र प्राप्त गरिन्। यस्तै हिमालय माध्यमिक विद्यालयका भीमार्जुन निरौला द्वितीय भई रु. ३,००० तथा कालिका माध्यमिक विद्यालयकी निशा शेर्पा तृतीय भई रु. २,००० नगदसहित प्रमाणपत्र प्राप्त गर्न सफल भए।

त्यसैगरी सान्त्वना पुरस्कारतर्फ जनता माध्यमिक विद्यालयका निरुल तामाङ, महेन्द्र माध्यमिक विद्यालयकी प्रेमिका राई र मनकामना माध्यमिक विद्यालय, तुम्लिङटारकी सरिता विक लाई जनही रु. १,००० तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलिया रहेका थिए भने विशिष्ट अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी सृजना थपलिया रहनु भएको थियो । कार्यक्रममा खाँदबारी नगरपालिका र सङ्खुवासभा शिक्षा विकास तथा समन्वय इकाईको सहकार्य रहेको थियो।

कार्यक्रमका सभाध्यक्ष श्री इन्द्र दल गुल्मका गुल्मपति नवराज बस्नेत रहेका थिए।

कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रप्रेम, साहित्यिक चेतना र सृजनशीलता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको गुल्मपती नवराज बस्नेतले जनाउनु भयो ।-खांदबारी एफएम बाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।