विराटनगरमा ज्येष्ठ नागरिक वडा कार्यसमितिद्वारा विभिन्न क्षेत्रमा योगदान दिनेलाई सम्मानित

विराटनगर । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्यसमिति (योग ध्यान केन्द्र)ले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

पाँचौं वार्षिक साधारणसभाको अवसर पारेर ज्येष्ठ नागरिक वडा कार्यसमितिले हरियाली विराटनगर अभियानका अभियन्ता पारुल क्षेत्रीसहितका व्यक्तिहरुलाई सम्मान र पुरस्कार प्रदान गरेको हो ।
हाल अमेरिकामा बसोबास गर्दै आएका स्थानीय वडावासी नगेन्द्रमणि न्यौपाने र विन्द्या न्यौपानेद्वारा आमा–बुवाको स्मृतिमा स्थापित ‘इन्द्र–गगनकान्त’ ज्येष्ठ नागरिक पुरस्कार’ प्रकृति र वातावरण संरक्षणमा योगदान पुर्‍याएबापत अभियन्ता क्षेत्रलाई पुरस्कृत गरिएको हो ।

क्षेत्री र उनको समूहमा रहेका व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, आयोजक संस्थाका अध्यक्ष अर्जुन भट्टराई, वरिष्ठ उपाध्यक्ष यादनरसिंह कार्कीलगायतले दोसल्ला ओढाएर नगद १० हजार र सम्मानपत्र प्रदान गरेका थिए ।

सोही अवसरमा योग साधनामा सक्रिय भवगती पोखरेल कोइराला, ज्येष्ठ नागरिक वडा कार्यसमितिले सञ्चालन गरेको दिवा कार्यक्रममा दैनिक उपस्थिति भएर भजन सुनाएबापत ज्येष्ठ नागरिक लीला खनाल, नरप्रसाद दंगाल र मोहनकृष्ण ताम्राकारलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित नरप्रसाद दंगालले ज्येष्ठ नागरिक वडा कार्यसमितिको भवनको तला थप्नका लागि १६ हजार नगदसमेत प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेउपानेले ज्येष्ठ नागरिकले देखाएको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिए । ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई पुस्तान्तरण गर्नु जरुरी रहेको उनको भनाइ थियो । ‘ज्येष्ठ नागरिकहरुबाट समाज र परिवारले अनुभव, ज्ञान, संस्कार सिक्नुपर्छ,’ उनले भने, ‘वडा र महानगर जहिले पनि ज्येष्ठ नागरिकको साथमा रहेको छ ।’

सो अवसरमा ज्येष्ठ नागरिक मञ्च मोरङका उपाध्यक्ष डिल्ली पोखरेल, मानवअधिकारकर्मी सुबोधराज प्याकुरेल, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, सम्मानितहरुका तर्फबाट अभियन्ता पारुल क्षेत्री, साहित्यकार मोहनकृष्ण ताम्राकार, आजीवन सदस्यका तर्फबाट लेखहरि भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

साधारणसभाले अध्यक्ष अर्जुन भट्टराई र कोषाध्यक्ष भरत कार्कीले प्रस्तुत गरेको सांगठानिक र आर्थिक प्रतिवेदन पारित गरेको सचिव इन्द्र खतिवडाले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।