झापामा दिउंसै चितुवाको आक्रमण, मकैबारीमा काम गरिरहेका एक स्थानीय घाइते
झापा । झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नम्बर–२ बेल्टार निवासी रमेश खनाललाई आज बिहान करिब ११:३० बजेको समयमा चितुवाले आक्रमण गरी घाइते बनाएको छ।
मकैबारीमा काम गरिरहेका खनालमाथि मकैबारीमै लुकेर बसेको चितुवाले अचानक आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरूका अनुसार उक्त चितुवा करिब ६ फिट लामो र ४ फिट अग्लो थियो।
घटनास्थल खनालको घरबाट करिब ५० मिटरको दूरीमा रहेको छ। खनालले प्रतिकार गरेपछि चितुवा टाङ्टिङ खोला तर्फ भागेको जनाइएको छ।
दिनदहाडै जङ्गली जनावर गाउँमा पसी आक्रमण गर्ने घटना बढ्दै गएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।-नीलोपाटीबाट


