बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास

काठमाडौं । भारतको बैंगलोरमा सम्पन्न ‘ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगिता २०२६’को विश्व च्याम्पियनसिप छनोटमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण र एक रजत पदक जितेका छन। ६५ केजी मुनी तौल समूहमा स्ट्याटिक्स तर्फ समर लामा पहिलो स्थान हात पार्न सफल भएका छन्। त्यस्तै फ्रीस्टाइलतर्फ ६५ केजी मुनी तौल समूहमा संगम अधिकारी दोस्रो स्थान हात पार्न सफल भए ।

साथै महिला फ्रीस्टाइलतर्फ ईसुरा राई पहिलो स्थान हात पार्दै विश्व च्याम्पियनसिपको लागि छनोट भएकी छिन । यो नेपालको लागि एउटा ऐतिहासिक जीत तथा अन्तर्राष्ट्रिय विश्व च्याम्पियनसिपमा पहिलो सहभागिता हुनेछ। वर्कआउट लिडर तथा क्यालिस्थेनिक्स खेलाडी जगदीश चन्द्र जोशी ‘ज्याक’को संयोजकतामा नेपाली टोली ७ जनवरीमा बैंगलोर प्रस्थान गरेको थियो।

सरकारी निकायबाट कुनै पनि सहयोग नपाए तापनि आफ्नो क्षेत्रमा र फिटनेसमा लागेका हरेक व्यक्तिहरूको साथ सहयोगले गर्दा आज नेपाली टोली यो विश्व च्याम्पियनसिपको यात्रासम्मको यात्रा गर्न सफल भएको ज्याकको भनाइ छ।

दुई स्वर्ण र एक रजत पदकको साथमा आइतबार बेलुका टोली नेपाल फर्कने कार्यक्रम रहेको छ। स्वर्ण पदक विजेता खेलाडीले रुसमा हुने विश्व च्याम्पियनसिपमा सहभागिता हुने मौका पाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖