सुनसरीको धरानबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल सहित दुई जना पक्राउ

सुनसरी , पुस २७ । इलाका प्रहरी कार्यालय धरान सुनसरीले धरान उप-महानगरपालिका-१६ स्थितबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल सहित २ जनालाई पक्राउ गरेको छ ।

पुस २७ गते बिहान खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१६ स्थितमा को १८ प ४२५६ नम्बरको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा चालक कोशी गाउँपालिका-१ का २३ वर्षिय रोशन झाँ र १८ वर्षिय जय प्रकाश यादवको साथबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित औषधी सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।