जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार २५ बर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ
सुनसरी । झुम्का कारागारबाट फरार २५ बर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ४ बस्ने २२ बर्षिय अनिष मगर रहेका छन् ।
२५ बर्ष कैद सजाय तोकी कैद भुक्तान गर्दै गरेका मगर जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते झुम्का कारागारबाट फरार भएका थिए ।
अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको टोलीले खोजतलास को क्रममा मगरलाई पुष २६ गते गाउँघरमा लुकिछिपी बसिरहेको अवस्थामा मोरङको सुन्दरहरैचा नपा ५ स्थित गैरीगाउँबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मगरलाई इलाका प्रहरी कार्यालय, बेलबारीमा ल्याई आवश्यक कारवाहीको लागि मोरङ जिल्ला अदालत पठाउने कार्य भइरहेको छ ।


