अमेरिकामा मृत्यु भएका विराटनगरका ३२ वर्षीय दाहालको शव नेपाल ल्याउन परिवारलाई आर्थिक समस्या
विराटनगर । अमेरिकामा मृत्यु भएका विराटनगरका ३२ वर्षीय विवेक कुमार दाहालको शव नेपाल ल्याउन परिवारलाई आर्थिक समस्या परेको छ।
पढाइका लागि डेढ वर्षअघि मात्र अमेरिका पुगेका उनको मस्तिष्कघातका कारण मृत्यु भएको थियो तर आर्थिक अभावका कारण मृत्यु भएको १३ दिनसम्म पनि विवेकको शव नेपाल ल्याउन सकिएको छैन।
परिवारले नेपालमै अन्तिम संस्कार गर्ने इच्छा राखेका छन् र त्यसका लागि विवेकको शव नेपाल ल्याउन आर्थिक सहयोग गरिदिन सबैसँग अनुरोध गरेका छन्।


