जेनजी आन्दोलनका क्रममा सप्तरी कारागारबाट फरार बन्दी पक्राउ
मोरंग । जवरजस्ती करणी उद्योग मुद्दामा सप्तरी कारागारबाट फरार बन्दी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरी सम्भुनाथ नगरपालिका वडा नं. ३ का ३२ बर्षिय नागेन्द्र कुमार पाल रहेका छन् ।
पाल जेन्जी आन्दोलनको क्रममा गत भदौ २५ गते कारागारबाट भागी फरार रहेकोमा वडा प्रहरी कार्यालय विटनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पुष २७ गते मोरङको विराटनगर मनपा-२ बन्जराचोक स्थितबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेकालाई वडा प्रहरी कार्यालय, विराटनगरमा ल्याई आवश्यक कारवाहीको लागि मोरङ जिल्ला अदालत पठाउने कार्य भइरहको प्रहरीले जनाएको छ ।


