बालेनको ओलीसँग चुनाव लड्ने तयारी

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले झापा–५ मा चुनाव लड्ने तयारी गरिरहेका छन् । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको झापा–५ का विषयमा त्यहाँका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग छलफल गरेपछि उनले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै सबैलाई शुभकामना दिएका छन् ।

उनले लेखेका छन्, “शुभकामना सबैलाई !! हामी आउँदै छौँ !!”

बालेनले यो निर्णय लिनुअघि ललितपुरको ज्वागलस्थित कुमार व्यञ्जनकारको घरमा हिजो करिब दुई घण्टा रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरा लगायतसँग छलफल गरेका छन् । ओली २०४८ साल यता एकपटक मात्रै झापा–५ मा निर्वाचन हारेका छन् । यसपटक ओलीलाई निर्चानमा हराउने रणनीतिसहित लागेका बालेन ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा लागेका हुन्।

यसअघि रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेपछि उनी चुनावी प्रचारका लागि मधेश झर्ने तयारीमा लागेका थिए । स्रोतका अनुसार अव बालेन झापाका विभिन्न विभिन्न स्थानमा पुगेर युवा, किसान र आम नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन्। भ्रष्टाचारविरुद्धको एजेन्डा, विकास र सुशासन उनको मुख्य सन्देश रहने जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।