इलाममा सवारी दुर्घटना हुँदा दुईजना घाइते

इलाम । मेची राजमार्ग अन्तरगत इलाम नगरपालिका १ नेपालटारमा सवारी दुर्घटना हुँदा दुईजना घाइते भएका छन । ताप्लेजुङबाट झापा झर्दै गरेको बोलेरो र बिपरित दिशाबाट जादै गरेको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन ।

दुर्घटनाबाट ताप्लेजुङ कञ्चनजङ्घा बोडिङ् स्कुलमा कार्यरत मोटरसाइकल चालक कुलप्रसाद पौडेल र फङलिङ् २ नागेश्वरी दोभानमा व्यवसाय गर्दै आएका गंगा गुरागाईँ घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रदेश१-१०१-ज ३६६१ नम्बरको बोलेरो र प्रदेश१-०३-००१ ४७६११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घाइतेहरुको इलाम अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारका लागि बिराटनगर रेफर गरेको बताइएको छ । बोलेरो चालक सूर्योदय नगरपालिका १४ का प्रदिप मगर नेपालटार प्रहरीको नियन्त्रणमा लिइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।